काठमाडौ,चैत्र १ -
पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा एमाले भातृ संगठन युवा संघ
नेपालले गरेको आन्दोलमा प्रहरले हस्तक्षेप गरेको छ । प्रदर्शनमा भएको धरपकड
र लाठी चार्जले केही प्रदर्शनकारी घाइते भएका छन् । प्रहरी र
प्रदर्शनकारीबीच झडप समेत भएको छ । <br />
सरकाले शुक्रबार मूल्यवृद्धि गरेको विरोधमा उनीहरुले शनिबार नयाँ
बानेश्वरमा विरोध प्रदर्शन गरेका हुन् । प्रर्दशनका क्रममा युवासंघका
महासचिव राजीव पहाडी लगायतका घाइते भएका छन् ।<br />
उनीहरुले मुल्य वृद्धिको फिर्ता हुनुपर्ने माग गर्दै आन्दोलमा उत्रिएका
हुन् । घाइतेहरुलाई नयाँबानेश्वर सिभिल अस्पतालमा उपचारका लागि लगिएको छ ।
<br />
यसैगरी मूल्यवृद्धिको विरोधमा विभिन्न विद्यार्थी संगठनहरुले पनि आन्दोलनको घोषणा गरेका छन्